Skip to content
Prabhu

उत्तर कोरियाली ह्याकरले चोरे एक अर्ब डलरभन्दा बढीको क्रिप्टो

nabil
एजेन्सी । यस वर्ष कुल २.२ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरी भएको छ । जसमा आधाभन्दा बढी भाग उत्तर कोरियाली ह्याकरहरूले चोरेको नयाँ अध्ययनले देखाएको छ ।
अनुसन्धान संस्था चेनएनलाइसिसका अनुसार उत्तर कोरियाली राज्यसँग सम्बन्धित ह्याकरहरूले १.३ अर्ब डिजिटल मुद्राहरू चोरेका छन् । जुन गत वर्षको तुलनामा दोब्बर बढी हो ।
रिपोर्टका अनुसार केही चोरीहरू उत्तर कोरियाली ह्याकरहरूले टाढाबाट काम गर्ने आईटी कामदारका रूपमा आफूलाई प्रस्तुत गरेर क्रिप्टो र अन्य प्रविधि कम्पनीहरूमा घुसपैठ गरेका घटनासँग सम्बन्धित देखिन्छ ।
यो घटनाहरू त्यतिबेला आएको हो जब बिटकॉइनको मूल्य यस वर्ष दोब्बर भएको छ । र, नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो पूर्ववर्ती जो बाइडेनको तुलनामा क्रिप्टोमैत्री मानिएको छ ।
समग्रमा सन् २०२४ मा ह्याकरहरूले चोरी गरेको क्रिप्टोकरेन्सीको मात्रा गत वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ । तर सन् २०२१ र सन् २०२२ को स्तरभन्दा अझै कम भएको रिपोर्टले देखाएका छन् ।
सन् २०२४ मा चोरी गरिएको क्रिप्टोको वृद्धिले उद्योगलाई अझ जटिल र विकसित भइरहेको खतरा परिदृश्यको सामना गर्न आवश्यकताको संकेत गर्दछ  उल्लेख गरिएको छ । यसले यस वर्ष चोरी भएको अधिकांश क्रिप्टो प्रयोगकर्ताका सम्पत्तिहरूमा पहुँच गर्न प्रयोग गरिने निजी कुञ्जीहरूमा समस्या आउँदा भएको उल्लेख गरेको छ ।
यस वर्षका केही उल्लेखनीय घटनाहरूमा जापानी क्रिप्टोकरेन्सी एक्सचेन्ज डीएमए बिटक्वाइनबाट ३ सय मिलियन डलर बराबरको बिटकॉइन चोरी र भारतमा आधारित क्रिप्टो एक्सचेन्ज  वाजिरएक्स बाट लगभग २३५ मिलियन डलरको क्षति समावेश छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal