Skip to content
Prabhu

एनपिएल फाइनल : सुदूरपश्चिमद्वारा जनकपुरलाई १८५ रनको लक्ष्य

nabil

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनालमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई जीतका लागि १८५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभमा ९ विकेट गुमाएर १८४ रन बनाए पछि जनपुरले जीतका लागि १८५ रनको लक्ष्य पाएको हो ।

सैफ जैबले सर्वाधिक ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर विनोद भण्डारीले पनि टोलीका लागि ४१ रन बनाए । त्यस्तै ब्रान्डम म्याकमुलेन र हर्मित सिंहले समान १४/१४ रनको योगदान दिए । त्यस्तै स्कट कुगेलेइनले १३ रनको बनाए ।
जनपुरका लागि मोहमद मोसिम र किशोर महत्तोले समान ३/३ विकेट लिए । किशोर महतोले २ विकेट लिए । जिमी निसम र ललितनाराण राजबंशी समान १/१ विकेट लिए ।

जनकपुरले केही बेरमा जबाफि ब्याटिङ सुरु गर्ने छ । यस अघि समूह चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा पनि ८ विकेटले पराजित गरेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal