काठमाडौं । बहुपतिक्षित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज भएको खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दैै जनकपुरले उपाधि जितेको हो ।
जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको पारी खेले । उनले ४९ बलमा उक्त रन बनाए । त्यस्तै अर्का ओपनर अशिफ शेखले ३३ रन बनाए भने हर्श ठाकेरले अविजित ३० रनको योगदान दिए । सुदरपश्चिमका लागि सैफ जैब, इशान पाण्डे, स्कट कुगेलेइन, र दीपेन्द्र सिंह ऐरीले समान १/१ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १८४ रन बनाएको थियो । उसका लागि सैफ जैबले सर्वाधिक ६९ रनको योगदान दिए । त्यस्तै अर्का ओपनर विनोद भण्डारीले पनि टोलीका लागि ४१ रन बनाए । त्यस्तै ब्रान्डम म्याकमुलेन र हर्मित सिंहले समान १४÷१४ रनको योगदान दिए । त्यस्तै स्कट कुगेलेइनले १३ रनको बनाए ।
जनपुरका लागि मोहमद मोसिम र किशोर महत्तोले समान ३÷३ विकेट लिए । किशोर महतोले २ विकेट लिए । जिमी निसम र ललितनाराण राजबंशी समान १÷१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस्