Skip to content

नेप्से १३.५३ अंकले घट्यो, कारोबार ४ अर्ब ५१ करोड

nabil bank

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ विन्दुमा झरेको छ। त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स २.६९ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०९ अंकले घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ४ अर्ब ७६ करोडको सेयर खरिद बिक्री भएको बजारमा आज ३१९ स्टकको ५७ हजार ८६३ पटकको कारोबारमा ४ अर्ब ५१ करोड ८३ लाख ८५ हजार रुपैयाँबराबरको ९१ लाख ८० हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ४ कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, बाराही हाइड्रोपावर पब्लिक, न्यादी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, पिपुल्स पावरको सेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक ६.४० प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज रिभर फल्स पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये आज २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।

आइतबार उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको हो। त्यस्तै, जलविद्युत उपसमूहको परिसूचक ०.६५ प्रतिशत बढेको छ। आज विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा बढी २.०५ प्रतिशत घटेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi