Skip to content

प्रिओपन सेसनमा नेप्से साढे ९ अंकले घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक साढे ९ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३१.४३ अंक घटेर २५९६.८२ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ९.५२ अंक घटेर २५८७.३० विन्दुमा झरेको छ। त्यस्तै, सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने २.४१ अंक घटेको छ।

आइतबार प्रिओपन सेसनमा ६० स्टकको १०७ पटकको कारोबारमा ३२ लाख १४ हजार ५० रुपैयाँ ३० पैसाबराबरको ५ हजार ५४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ३७ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

 

 

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life