काठमाडौं । नेपाल बीमा प्राधिकरणका कायम मुकायम (कामु) अध्यक्ष मदन दाहालले कुनै पनि बीमा कम्पनीमाथी कारबाही गर्नुपर्ने अवस्था सिर्जना नहुने गरी काम गर्न निर्देशन दिएका छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले काठमाडौंमा आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै कामु अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
उनले बीमा कम्पनीहरुलाई नीति नियममा रहेर काम गर्नसमेत निर्देशन दिएका छन् । ‘नेपाली बीमा क्षेत्र तपाईं हामी सबैको हो । सबै बीमा कम्पनीहरुले प्राधिकरणसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक छ,’ उनले भने । त्यस्तै उनले दुई लाख बढी बीमा अभिकर्ता र बीमा सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पुनर्ताजगी तालिम समेत अनिवार्य गरिने बताए । दाहालले बीमा अभिकर्ता र सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पछिल्लो अद्यावधिक तालिम जरूरी रहेको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्