Skip to content
Prabhu

वाणिज्य बैंकको लाभांश : ११ वटाको घोषणा, ८ वटाको बाँकी, सबैभन्दा धेरै स्टयाण्डर्ड चार्टर्डको

nabil

काठमाडौं । अहिले लाभांश वितरणको सिजन हो । नेप्सेमा सूचीकृत भएका कम्पनीहरुले अहिले लाभांश घोषणा गर्ने र वितरण गरिरहेका छन् । नेप्सेमा सूचीकृत भएका वाणिज्य बैंकहरुमध्ये अहिलेसम्म ११ वटाले लाभांश घोषणा गरेका छन् । त्यसमध्ये केहीको साधारणसभा सम्पन्न भएर सेयरधनीको खातामा लाभांश गइसकेको छ भने केहीको साधारणसभाको मिति घोषणा भएको छ ।

नेप्सेमा सूचीकृत भएका १९ वटा वाणिज्य बैंकमध्ये हालसम्मा लाभांश घोषणा गर्नेमा एभरेष्ट बैंक, स्टयाण्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई बैंक, सानिमा, सिटिजन्स, प्राइम, सिद्धार्थ, लक्ष्मी सनराइज, नेपाल एसबिआई र कृषि विकास बैंक रहेका छन् । बाँकी बैंकले भने लाभांश घोषाण गनरेका छैनन् ।

बैंकहरुले गत आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेका छन् । जसमध्ये धेरै बैंकले बोनस भन्दा पनि नगद लाभांश घोषणा गरिरहेका छन् । बैंकहरुको लाभांश दर समेत यो वर्ष घटेको छ ।

हालसम्म लाभांश घोषणा गर्ने ११ वटा वाणिज्य बैंकहरुले ४ प्रतिशतदेखि २५.५ प्रतिशतसम्मको दरमा लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गर्ने बैंकहरुमा अहिलेसम्म सिद्धार्थ बैंकको सबै भन्दा कम ४ प्रतिशत नगद र स्टयाण्डर्ड चार्टर्डको २५.५ प्रतिशत रहेको छ ।

एभरेष्ट बैंक

वाणिज्य बैंकहरुमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गर्ने बैंक एभरेष्ट हो । यो बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको नाफाबाट १५.५३ प्रतिशत लाभांश वितरण गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद रहेको छ ।

नबिल बैंक

त्यस्तै लाभांश घोषाण गरेको नविल बैंकले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत नगद मात्रै दियो । बैंकले बोनस भने दिएन ।

ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५.५ प्रतिशत लाभांश दिएको छ । बैंकले यो पटक सेयरधनीलाई नगद लाभांश नदिएर बोनस मात्रै दिएको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले पनि आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश रहेको छ ।

स्टयाण्डर्ड चार्टर्ड बैंक

गत वर्षका नाफाबाट लाभांश घोषणा गरेका बैंकमध्ये सबैभन्दा बढी लाभांश दिने बैंक स्टयाण्डर्ड चार्टर्ड बैंक हो । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस ६.५ प्रतिशत बोनस र कर सहित १९ प्रतिशत नगद रहेको छ ।

सानिमा बैंक

सानिमा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ५.२६ प्रतिशत नगद लाभांश दिएको छ । यो पटक बैंकले बैंकले सेयरधनीलाई बोनस सेयर नदिएको हो ।

सिटिजन बैंक

सिटिजन बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट ४.२१ प्रतिशत लाभांश दिएको छ । जसमा ४ प्रतिशत बोनस र करसहित ०.२१ प्रतिशत नगद लाभांश दिएको छ ।

प्राइम कमर्सियल बैंक

प्राइम कमर्सियल बैंकले गत अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत लाभांश दिएको छ । बैंकले गत आवको नाफाबाट नगद मात्रै लाभांश दिएको छ । यो पटक बैैंकले भने बोनस सेयर दिएको छैन ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले गत आवको नाफाबाट आफ्ना सेयरधनीलाई ४ प्रतिशत लाभांश दिएको छ । यो पटक बैंकले सेयरधनीलाई बोनस सेयर दिएको छैन । नगद लाभांश मात्रै दिएको हो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट १०.६५ लाभांश दिएको छ । बैंकले दिएको लाभांशमा बोनस भन्दा नगद लाभांश रहेको छ । बैंकले ३.८ प्रतिशत बोनस र ६.८५ प्रतिशत नगद रहेको छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले पनि गत आवको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ७.५३ प्रतिशत र कर सहित ३ प्रतिशत नगद लाभांश रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal