काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले सभा प्रयोजनार्थ भोलि पुस ९ गते एक दिन बुक क्लोज भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको सुकेधारास्थित सेलिव्रेशन हाईटमा बिहान ११ बजेदेखि सभा बस्दैछ ।






प्रतिक्रिया दिनुहोस्