Skip to content

नागरिक लगानी कोषको साधारणसभा पुस २९ गते, १३ प्रतिशत लाभांश पारित गर्ने

nabil bank

काठमाडौैं । नागरिक लगानी कोषले साधारणसभाको मिति घोषणा गरेको छ । कोषको पुसर ८ गते बसेको सञ्चालक समितिको बैठकले पुसर २९ गते सोमबारका लागि ३० औँ साधारणसभा बलाएको हो ।

सभा नयाँ बानेश्वरस्थित कोषको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । सभाले गत आवको मुनाफाबाट सेयधरनीलाई ७ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । त्यस्तै गत आवको वित्तीय विवरणहरू पारित गरिनुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि सभामा पेश हुने छ ।

सभा प्रयोजनका लागि कोषले पुस २२ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसर्थ पुस २१ गतेसम्म कायम सेयरधनी मात्रै कोषको सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime