काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको पुस ५ गतेदेखि बिक्री खुला गरेको एफपीओमा आज साँझ ५ बजेसम्म आवेदन दिन सकिने छ ।
कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत सेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन निष्कासन गरिरहेको एफपीओमा आज बैंकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । कम्पनीले ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९.१५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरेको हो ।
एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । एफपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । आवेदनका लागि सि–आस्बा प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरू वा मेरो शेयर अनलाइनबाट आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्