Skip to content
Prabhu

पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आज विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । भोलि सेयर कारोबार बन्द रहेने भएकाले पुसर ११ गते बुक क्लोज गर्ने पाँच कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो ।

आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेका कम्पनीहरुमा मञ्जुश्री फाइनान्स लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड, कुथेली बुखरी स्मल हाइड्रोपावर, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मिथिला लघुवित्त वित्तीय संस्था रहेका छन् । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरूले पुस ११ गते बुक क्लोज गर्दैछन् । भोलि क्रिसमस डेको सार्वजनिक बिदा भएकाले आजसम्म कायम सेयरधनीले मात्रै यी कम्पनीहरूको लाभांश प्राप्त गर्नेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मञ्जुश्री फाइनान्सले चुक्ता पुँजीको ६.३५ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते थापागाउँ ब्याङ्क्वेट नयाँबानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बस्दैछ ।

त्यस्तै माउन्टेन इनर्जीले आफ्नो चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न पुस २८ गते आम्रपाली ब्याङक्वेट केटरिङ्ग एण्ड इभन्ट्स भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्दैछ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौं ब्याङ्क्वेट नयाँबानेश्वरमा सभा बस्दैछ । आरएसडिसी लघुवित्तले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्नेछ । यसका लागि पुस २९ गते वेष्टर्न एशियन होटल बुटवलमा बिहान साढे ९ बजेदेखि सभा बस्दैछ । त्यस्तै मिथिला लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ । यो लाभांश पारित गर्न पुस २८ गते कोमल होटल ढल्केवर, धनुषमा बिहान ११ बजेदेखि सभा बस्दैछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्