Skip to content

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले आईपीओ निष्कास गर्ने भएको छ । होटलले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नका लागि पुस २९ गते वार्षिक साधारणसभा बोलाएको हो । यो कम्पनीको पहिलो साधारणसभा हो ।

होटलको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बालुवाटारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान ९ बजे सभा बस्ने निर्णय गरेको छ । सभाले कम्पनीको पुँजी सेयर संरचना अनुसार प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) गर्नका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमालीमा आवश्यक संशोधन गर्ने र गत आवको वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारणको प्रस्ताव पेश गरिनेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्