काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुसर २९ गतेका लागि साधारणसभाको मिति घोषणा गरेको हो ।
कम्पनीको छैटौं साभारणसभा होटल माला इन घोराही, दाङमा बिहान ११ बजे सभा बोलाएको हो । सभाले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ ।
साथै जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
सभा प्रयोजनार्थ संस्थाले पुस १६ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यसर्थ पुस १४ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्