उलान बातोर । मंगोलियाको ६० प्रतिशतभन्दा बढी भूभाग हाल हिउँले ढाकेको मौसम विज्ञान तथा वातावरणीय राष्ट्रिय एजेन्सीले सोमबार जनाएको छ ।
‘मंगोलियाको कम्तीमा ६४ प्रतिशत क्षेत्र अब हिउँले ढाकेको छ,’ मौसम एजेन्सीले भनेको छ । देशका २१ मध्ये सोमबार बिहानसम्म पाँच प्रदेशमा हिमपात जारी छ ।
मंगोलिया जाडोका निम्ति प्रसिद्ध छ । गत हिउँदमा देशमा पाँच दशकयताकै सबैभन्दा ठूलो हिमपात भएको थियो । त्यसका कारण ठूलो बाढी आएको र लाखौं पशुधनको क्षति भएको थियो ।
यो हिउँदमा एसियाली देशका अधिकांश भागमा दीर्घकालीन औसतभन्दा चिसो तापक्रम बढ्ने मौसमविद्ले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्