Skip to content
Prabhu

८८ दिनपछि माथिल्लो तामाकोशीबाट पुनः विद्युत् उत्पादन सुरु

nabil

काठमाडौं  । नेपालमा सञ्चालनमा रहेका जलविद्युतगृहहरुमध्येसबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीजलविद्युत केन्द्रबाट आंशिक रुपमा विद्युत् उत्पादन सुरु भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएकोपहिरोले क्षति पुर्याएका संरचनाहरुको आंशिक मर्मतसम्भार गरी८८ दिनपछि मङ्गलबार बेलुका ७.४० बजेबाट पुनः विद्युत्उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ। हाल नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रुपमा प्रयोगगरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोशी नदीमा पानीको बहाव उच्चभएपछि असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत्उत्पादन बन्द गरिएको थियो । असोज १२ गतेको पहिरोलेबाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेका नियन्त्रण कक्ष (कन्ट्रोलरुम) भवन, बालुवा थिग्ग्रयाउने पोखरी (डिस्याण्डर) र बाँधबाटडिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षतिपुर्याएको थियो ।

गोङ्गरस्थित विद्युतृगृहबाट लामाबगरस्थित बाँधस्थलतर्फ जानेकरिब तीन सय मिटर पहुँचमार्ग खण्डमा ठूल्ठूला ढुङ्गा खसेरसडक अवरुद्ध भएको थियो । विस्फोटक पदार्थका प्रयोग गरीढुङ्गालाई फुटाएर सडक खुलाइएको थियो । केन्द्रबाट उत्पादितविद्युत् प्रवाह गर्न  गोङ्गर–खिम्ती २२० केभी प्रसारण लाइनकोसिङ्गटीस्थित ४६ नम्बर टावरमा वर्षाका कारण क्षति पुगेको थियो।

दुईवटा डिस्याण्डरमध्ये बायाँतर्फको डिस्याण्डरको आंशिकमर्मतसम्भार सकी विद्युत् उत्पादनका लागि तय गरिएकोसमयतालिकाभन्दा एक दिनअघिबाट उत्पादन सुरु गरिएको हो ।आंशिक रुपमा क्षति पुगेको डिस्याण्डरको पर्खालको पुरानोढलानलाई भत्काएर मर्मत गरिएको छ । यसैगरी, कल्र्भटकोभित्ता र सिलिङमा देखिएका चिराहरुको ग्राउटिङ गरी मर्मतगरिएको छ ।

पहिरोले क्षति पुर्याएको डिस्याण्डर आंशिक मर्मत गरीतत्कालका लागि माथिल्लो तामाकोशीलाई नदी प्रवाहीकारुपमा सञ्चालनमा ल्याइएको हो । डिस्याण्डरको बाँकीमर्मतसम्भार भइरहेको छ । उक्त काम सम्पन्न भएपछि विद्युत्कम माग हुने समयमा पानी जम्मा गरी बढी माग हुने बिहान रबेलुकाको समय (पिक)मा केन्द्रलाई ४ घण्टा पूर्ण क्षमतामाचलाउन सकिन्छ । केन्द्रलाई पुसभित्रमा पिक समयमा चलाउनसक्ने गरी मर्मतसम्भार भइरहेको छ ।

जलविद्युत केन्द्रको प्रवद्र्धक कम्पनी अपर तामाकोशीहाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्षसमेत रहनु भएकानेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानघिसिङ, कम्पनी सञ्चालक समितिका सदस्यहरु, प्रमुखकार्यकारी अधिकृत (सिइओ) सहितको टोलीले मङ्सिर १८ मा स्थलगत अनुमगन गरी पुस १० भित्रमा मर्मतसम्भार सम्पन्न गरीविद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङले कम्पनी सञ्चालक समिति, व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीको निरन्तर प्रयासर रातदिनको खटाईबाट माथिल्लो तामाकोसीको मर्मत सम्भारसम्पन्न भई तालिकाभन्दा एक दिन अघि नै विद्युत् उत्पादन सुरुगर्न सफल भएको बताए।

‘डिस्याण्डरमा ढुङ्गा, लेदोलगायत थुप्रिएको थियो, पहिरोमा परीदुईजना कम्पनीका कर्मचारी र सुरक्षार्थ खटिएका दुई जनासैनिकले ज्यान गुमाएकाले त्यहाँ खटिएका कर्मचारीमा डरत्रासथियो, उक्त स्थलसम्म पुग्ने पहुँचमार्गसमेत थिएन, विद्युत्आपूर्ति बन्द थियो, यस्तो अवस्थामा मर्मतसम्भार अगाडि बढाउनुज्यादै चुनौतीपूर्ण अवस्था थियो, उक्त चुनौतीलाई सबैको साथर सहयोगबाट सामाना गर्दै मर्मतसम्भार सम्पन्न गरी आंशिकरुपमा विद्युत् उत्पादन गर्न सफल भएका छौं’, घिसिङले भने ‘देशकै ठूलो विद्युतगृह बन्द हुँदा विद्युत् आपूर्ति व्यवस्थापनमैअसहजता उत्पन्न भएको थियो, केन्द्रबाट आंशिक रुपमा विद्युत्उत्पादन सुरु भएसँगै भारतबाट गरिने विद्युत आयात सन्तुलनकायम गरी पिक समयको विद्युत् आपूर्तिमा सहजता हुनेछ ।’

कम्पनीका सिइओ मोहनप्रसाद गौतमले कम्पनीका सञ्चालकसमिति, विज्ञसमूहबाट विद्युत्गृह सञ्चालन गर्न प्राप्तसुझावहरुलाई समेटेर मर्मत सम्भारका उपायहरु अबलम्बन गरीकार्ययोजनाकासाथ काम अगाडि बढाइएको र त्यसको नियमितअनुगनबाट तोकिएको दिनभन्दा अगाडिनै विद्युत् उत्पादन गर्नसफल भएको बताउनुभयो । दायाँतर्फको अर्को डिस्याण्डर मर्मतआगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि नै सक्ने गरी काम गर्ननिर्माण व्यवसायी छनोटका लागि बोलपत्र (टेण्डर) आह्वानभइसकेको सिइओ गौतमले उल्लेख गरे।

जलविद्युत केन्द्रका सम्पूर्ण संरचनाको बीमा गरिएकाले क्षतिपुगेको संरचनाको मर्मतसम्भार खर्च बीमाबाट प्राप्त रकमबाटबेहोरिने छ । कम्पनीले पहिरोले पुर्याएको क्षतिको १ अर्ब ७८करोड रुपैयाँको प्रारम्भिक बीमा दावी गरेको थियो ।

कम्पनी रविमक राष्ट्रिय बीमा कम्पनीबाट संयुक्त रुपमा हाल क्षतिकोयकिन मूल्याङ्कन भइरहेको छ । उक्त काम सम्पन्न भएपछिबीमाको रकम भुक्तानी प्राप्त हुनेछ । यसैगरी, विद्युत् बिक्रीबाटप्राप्त हुने आम्दानीको तीन महिनाको बीमा गरिएको छ । बीमासम्झौतामा उल्लेखित सर्तवमोजिम कम्पनीले दुई महिनाकोआम्दानीको भुक्तानी पाउने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal