काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको शितलबजार र मलेखुको बीच क्षेत्रमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग एकतर्फी खुलेको छ । टिपटप होटल नजिकै आज साँझ ५ बजेतिर पहिरो खसेर राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी सुवास हमालले पहिरो पन्छाएर साना सवारी साधन दुईतर्फी र ठूला सवारी साधन एकतर्फी चलिरहेको जानकारी दिए । ठूलो डाँडो नै खसेकाले सवारी साधन केही घण्टा जाममा परेका थिए । अहिले बाटो खुलाइए पनि सवारी साधनहरु चापमा चलिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्