Skip to content

गार्डियन माइक्रो लाइफले सर्वसाधारणमा पुस २१ गतेदेखि आईपीओ बिक्री गर्ने, १ लाख कित्तासम्म आवेदन दिन पाइने

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले पुस २१ गतेदेखि सर्वसाधारणमा आईपीओ बिक्री गर्ने भएको छ।

उक्त कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरी बाँडफाँड गरेपछि अब सर्वसाधारणमा बिक्री गर्न लागेको हो।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो। यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ।

उक्त कम्पनीले आईपीओ खरिदका लागि घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्ममा आवेदन दिन सकिने व्यवस्था गरेको छ। यसमा पुस २४ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा आवेदन प्रक्रिया माघ १० गतेसम्म लम्बिनेछ।

कम्पनीले आफ्नो जारी पुँजी ७५ कराड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो।

जसमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँ बरारबको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड भइसकेको छ। त्यस्तै ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै मेरो शेयर अनलाइनमार्फत आवेदन दिन सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life