Skip to content

धितोपत्र बोर्ड ब्रोकर मर्जरसम्बन्धी निर्देशिका निर्माणमा जुट्यो

nabil bank

काठमाडौं । ब्रोकर कम्पनीहरुलाई निश्चित पुँजी पुर्याउनुपर्ने व्यवस्था गरेको नेपाल धितोपत्र बोर्ड ब्रोकर मर्जर सम्बन्धी निर्देशिका निर्माणमा जुटेको छ । ब्रोकरको लाइसेन्सका लागि नयाँ नीति लिएर अघि बढेको बोर्ड ब्रोकर मर्जरसम्बन्धी निर्देशका निर्माणमा जुटेको हो ।

२०७९ सालमा ब्रोकरका लागि न्यूनतम पुँजी २० करोड पुर्याउनुपर्ने व्यवस्था गरेको बोर्ड त्यसको दुई वर्ष पछि निर्देशिका निर्माणको काममा लागेको हो । खुल्ला नीतिका साथ प्रक्रिया पुर्याएर आएका सबै ब्रोकरलाई लाइसेन्स दिने र त्यसका लागि निश्चित पुँजी आवश्यक पर्ने व्यवस्था गरेको थियो । बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) सम्बन्धी नियमावली, २०६४ संशोधन गरेर न्यूनतम चुक्ता पुँजी २० करोड पु¥याउनुपर्ने व्यवस्था गरेको थियो ।

यस्तो व्यवस्था पुराना ब्रोकर कम्पनीहरूमा समेत लागू हुने र २ वर्षभित्र तोकिएको चुक्ता पुँजी पु¥याउनुपर्ने व्यवस्था गरिएको थियो । नियमावलीले पुँजी पुर्याउनका लागि तोकेको समय सकिएको छ । बोर्डले दिएको दुई वर्षको समयम २०८१ को असार मसान्तमा सकिएको थियो । बोर्डले तोकेको समयमा पुँजी पुर्याउन नसकेको खण्डमा मर्जरको विकल्प पनि खुल्ला गरेको थियो । जस अनुसार मर्जरमा अघि बढ्नका लागि निर्देशिका आवश्यक पर्ने भएकाले निर्माणको लागि अघि बढेको बोर्डका प्रवाक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

संशोधित नियमावलीअनुसार बोर्डले तीन प्रकारको ब्रोकर लाइसेन्सको व्यवस्था गरेको थियो । जस अनुसार आधारभूत सेवा दिने सेयर ब्रोकर लाइसेन्सका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै पूर्ण कार्य गर्ने ब्रोकर कम्पनीको चुक्ता पुँजी ६० करोड र धितोपत्र व्यापारी (डिलर) को अनुमानित चाहने कम्पनीका लागि १ अर्ब ५० करोडको चुक्ता पूँजी आवश्यक रहने व्यवस्था गरिएको छ ।

‘पुँजी वृद्धिका लागि नियमावलीमा नै व्यवस्था रहेको र मर्जको लागि निर्देशिका आवश्य पर्छ । सोही अनुसार बोर्डले निर्देशिका निर्माणको लागि सुरु गरेको हो,’ प्रवक्ता घिमिरेले भने, ‘२० करोड पुँजी पुर्याउन नसक्ने कम्पनीलाई मर्जमा जानका लागि पनि निर्देशिका आवश्य हुन्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime