Skip to content
Prabhu

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil

काठमाडौं । आज पुस ११ गते तीनवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज बिहीबार सिद्धार्थ बैंक, सर्वाेत्तम सिमेन्ट र हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

सर्वाेत्तम सिमेन्ट र एचआईडीसीएलले पुस १२ गते र सिद्धार्थ बैंकले १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । १२ र १३ गते शुक्रबार र शनिबार परेकाले नेप्से बन्द रहन्छ । यसर्थ पुस ११ गतेसम्म कायम शेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिद्धार्थ बैंक

यस बैंकले चुक्ता पुँजीको ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे १० बजेदेखि वार्षिक साधारणसभा बस्दैछ ।

सर्वाेत्तम सिमेन्ट

यस कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २६ गते रुपन्देहीको भैरवहास्थित होटल भिलासामा बिहान ११ बजेदेखि सभा बस्दैछ ।

एचआईडीसीएल

यस कम्पनीले चुक्ता पुँजीको ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । घोषित लाभांश पारित गर्न पुस २४ गते काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सभा बस्दैछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal