Skip to content
Prabhu

अटो निर्माता टोयोटाको उत्पादन लगातार १० महिना घट्यो

nabil

काठमाडौं । जापानी अटो निर्माता टोयोटाको विश्वव्यापी उत्पादन लगातार १० महिनामा पनि घटेको छ । अमेरिका र चीनमा बढेको मागका कारण यसको बिक्री भने पछिल्ला दुई महिना लगातार बढेको छ ।

विश्वको सबैभन्दा ठूलो गाडी निर्माता टोयोटाले गएको नोभेम्बरमा ८ लाख ६९ हजार २ सय ३० गाडी उत्पादन गरेको छ । अघिल्लो वर्षको यसमै महिनाको तुलनामा टोयोटाको उत्पादन ६=२ प्रतिशतले घटेको हो ।

अमेरिकामा टोयोटाको उत्पादन ११.८ प्रतिशतले घटेको छ । तर, यो क्रमिक सुधार भएको बताइएको छ । यस्तै, चीनको उत्पादन १.६ प्रतिशतले घटेको छ, यो अघिल्लो महिनाको ९ प्रतिशतको तुलनामा राम्रो हो ।

विश्वभरमध्ये एकतिहाइ गाडी उत्पादन हुने जापानमा समेत टोयोटाको उत्पादन ९.३ प्रतिशतले घटेको छ ।

अक्टोबरमा भन्दा नोभेम्बरमा बिक्री भएका टोयोटाका गाडीको संख्या १.७ प्रतिशतले बढेर ९ लाख २० हजार ५ सय ६९ पुगेको छ ।

बीवाईडी र अन्य चिनियाँ ब्रान्डहरूको विश्वव्यापी बजार विस्तारका बीच टोयोटाले पनि चीनमा विद्युतीय सवारी ९ईभी० उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीले सांघाईमा प्लान्ट स्थापना गरी लेक्सस लक्जरी ब्रान्डका लागि सन् २०२७ देखि ईभी उत्पादन गर्ने बताइएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal