काठमाडौं । आजको कारोबार जारी रहँदा कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । आजको दिउसो सवा २ बजेको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।
यो कम्पनकिो सेयर मूल्य १५५ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३९९ रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र बजार परिसूचक भने ८ दशमलव ४९ अंकले बढेर २६३५ दशमलव ०२ विन्दुमा पुगेको छ । यो अवस्थामा सेयर बजारमा ३ अर्ब ७० करोड माथिको कारोबार भएको छ ।
यस अघि आज सपोर्ट माईक्रोफाइनान्स र सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्