Skip to content
Prabhu

सेयर बजार परिसूचक ४ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब ३२ करोड

nabil

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक सामान्य बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ४ दशमलव १९ अंकले बढेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६३० दशमलव ७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७० कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३० अंकले बढेर ४५१ दशमलव ४५ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको सेयर मूल्य भने घटेको छ ।

परिसूचकसँगै आज कारोबार रकममा पनि सामान्य सुधार भएको छ । अघिल्लो कारोबार दिन ५ अर्ब २० करोड माथिको कारोबार भएको थियो । आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा ३१० कम्पनीका २ करोड ९ लाख ७८ हजार ८७९ कित्ता सेयर ६१ हजार ८३९ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ भने ४ वटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal