काठमाडौं । बुधबार नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्दै सम्पूर्ण व्यवस्थापनको कार्य आफैंले लियो । उक्त बैंकको सेयर कारोबार पनि रोक्का भयो । बुधबार सार्वजनिक बिदा परेकाले आज नै त्यो कम्पनीको सेयर रोक्का गरियो थियो ।
कर्णाली डेभलपमेन्ट बैंकलाई समस्यागस्त घोषणा गरेर सेयर कारोबार राक्का भएको दिन सेयर बजारमा विकास बैंक समूहको सेयर मूल्यमा २.४८ प्रतिशतले गिरावट आएको छ । १५ वटै विकास बैंकको सेयर मूल्य आज घटेको छ । त्यस्तै आज ३ वटा विकास बैंकको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।
आज कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कर्पोरेटको सेयर मूल्य १५५ रुपैयाँ ५० पैसाले घटेर १ हजार ३९९ रुपैयाँ ५० पैसा पुगेको छ । त्यस्तै नारायणीको सेयर मूल्य १२८ रुपैयाँले घटेर १ हजार १५६ रुपैयाँ ५० पैसा र सिन्धु विकास बैंकको ९४ रुपैयाँले घटेर ८४६ रुपैयाँ पुगेको छ । यी तीनवटा बैंकको सेयर मूल्य अघिल्लो दिनको भन्दा १० प्रतिशतले घटेको हो ।
त्यस्तै आजको कारोबार बन्द हुँदा जोशी हाइड्रोपावरको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत अर्जात ५१ रुपैयाँ १० पैसाले घटेर ४६० रुपैयाँ ३० पैसा पुगेको छ । त्यस्तै आज धेरै मूल्य घट्ने कम्पनीको शीर्ष पाँच भित्र रहेको अर्को कम्पनी हो सप्तकोशी डेभलपमेन्ट बैंक । यो बैंकको सेयर मूल्य १०१ रुपैयाँले घटेर ९६९ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबा भन्दा ९.४४ प्रतिशतले कम हो ।
प्रतिक्रिया दिनुहोस्