Skip to content
Prabhu

आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil

काठमाडौं । आज सेयर बजार सामान्य अंकले बढेर बन्द भयो । आजको कारोबार बन्द हुँदा परिसूचक ४ अंकले बढेर बन्द भएको हो । परिसूचक सामान्य बढेको दिन ७० कम्पनीको सेयर मूल्य बढेको छ ।

७० वटा कम्पनीमध्ये २ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा आत्मनिर्भर लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । यी दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

आज आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ५३९ रुपैयाँ ७० पैसाले बढेर ५ हजार ९३७ रुपैयाँ ४० पैसा पुगेको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ३६२ रुपैयाँ ३० पैसाले बढेर ३ हजार ९८५ रुपैयाँ ९० पैसा पुगेको छ ।

त्यस्तै आज गुराँस लघुवित्तको सेयर मूल्य पनि ७.३२ प्रतिशत अर्थात् १७४ रुपैयाँले बढेर २ हजार ५५० रुपैयाँ पुगेको छ । त्यस्तै आज प्रभु बैंक लिमिटेडको सेयर मूल्य पनि ५.८६ प्रतिशतले बढेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १३ रुपैयाँ ५० पैसाले बढेर २२४ रुपैयाँ पुगेको छ ।

बिहीबारको कारोबार बन्द हुँदा कुथेली कुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १२४ रुपैयाँ २७ पैसाले बढेर २ हजार ५८७ रुपैयाँ पुगेको छ । यो अघिल्लो कारोबार भन्दा ५.०५ प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal