Skip to content
Prabhu

विद्युत क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड

nabil

काठमाडौं । सांसदहरुले विद्युत् क्षेत्रलाई गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिएका छन् । आज सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले आयोजना गरेको विद्युत् विधेयक २०८०माथि संशोधनकर्तासँगको छलफलको क्रममा उनीहरुले विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार रहेकाले यस क्षेत्रलाई बढी चलायमान बनाउन आवश्यक रहेको बताएका हुन् ।

संशोधनकर्ता गोकुल बाँस्कोटाले विद्युत् क्षेत्रमा स्वदेशी लगानीलाई प्रवर्द्धन गर्दै अझै बढी गतिशील र चलायमान बनाउनुपर्नेमा जोड दिए। ‘विद्युत् क्षेत्र आर्थिक समृद्धिको आधार हो, यस क्षेत्रको विकासमा निजी क्षेत्रको संलग्नता बढाउने गरी विधेयक संशोधन गर्न आवश्यक छ,’ उनले भने । अर्का संशोधनकर्ता दामोदर पौडेल बैरागीले विद्युत् विकासमा स्थानीय तहको क्षमता बलियो बनाउने नीति आवश्यक रहेको बताए।

अर्का संशोधनकर्ता रोशन कार्कीले विद्युत् क्षेत्रको विकासमा निजी लगानी आकर्षण गर्ने नीति लिन आवश्यक रहेको बताए। संशोधनकर्ता दीपा शर्माले नेपाल जलस्रोतको धनी मुलुक भए पनि आवश्यकता अनुसार विद्युत् उत्पादन हुन नसकेकाले विद्युत् उत्पादन प्रवर्द्धनलाई प्राथमिकता दिन आवश्यक रहेकोमा जोड दिए ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal