काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत भएको छ ।
उक्त कम्पनीको ९ लाख १४ हजार ३०२ दशमलव ८० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।
कम्पनीले मङ्सिर ७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ दशमलव २५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । सो सभाले कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश पनि पारित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्