Skip to content
Prabhu

स्वर्णिम होटलले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने

nabil

काठमाडौं । स्वर्णिम होटल लिमिटेडले सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । पुस ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासन गर्ने निर्णय गर्दै उक्त प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।

सभा काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको १ बजे सुरु हुनेछ । साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि सभाले पारित गर्ने छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal