Skip to content

पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’, २० टोली सहभागी हुने

nabil bank
8«fug af]6 /]; km]l:6enÚsf cEof; ul/Fb sf:sL, & c;f/ M g]kfn ko{6g af]8{, g]kfnl:yt lrlgofF b"tfjf; / kf]v/f dxfgu/kflnsfsf] cfof]hgfdf oxL c;f/ * / ( ut] kf]v/fdf x'g] g]kfn—rLg k|m]08;Lk …8«fug af]6 /]; km]l:6enÚsf nflu laxLaf/ laxfg km]jftfndf cEof; ul/Fb} . blIf0f Pl;ofd} klxnf]k6s cfof]hgf ul/Psf] af]6 /];df rLgsf] rf/ / g]kfnL rf/ u/L cf7 6f]nLn] k|lt:kwf{ ug]{5g . tl:a/ M s[i0f bjf8L÷/f;;

कास्की । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदै छ ।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेस्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदै छन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् ।

प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, डा«गन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एससिएसन (नारा) सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।

प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime