Skip to content

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

nabil bank

काठमाडौं । सातवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते आइतबार अन्तिम दिन हो। छिमेक लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे जलविद्युत कम्पनीले पुस १६ गते बुक क्लोज गर्दै छन्। भोलि पुस १५ गते सार्वजनिक बिदा परेकाले आजसम्म कायम सेयरधनीले मात्रै यी कम्पनीको लाभांश प्राप्त गर्ने छन्।

जीवन विकास लघुवित्त
यस कम्पनीले १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद लाभांश ९कर समेत० वितरणको प्रस्ताव राखेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते कटहरी–२, मोरङस्थित केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजे साधारण साधारणसभा बस्दै छ।

आत्मनिर्भर लघुवित्त
यस संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसमेत) वितरणको घोषणा गरेको छ। घोषित लाभांश पारित गर्न पुस २९ गते घोराही, दाङस्थित होटेल माला ईनमा बिहान ११ बजेदेखि साधारणसभा बस्दै छ।

महालक्ष्मी विकास बैंक
यस बैंकले ३ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव गरेको छ। यो निर्णय पारितका लागि पुस २९ गते एलिस रिसेप्सन, सुबर्णशमशेर मार्ग, काठमाडौंमा बिहान १० बजेदेखि सभा बस्दै छ।

मितेरी डेभलपमेन्ट बैंक
यस बैंकले ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश (करसमेत) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्नका लागि पुस २७ गते सुनसरी उद्योग वाणिज्य संघ, धरान–१ मा बिहान ११ बजेदेखि साधारणसभा बस्नेछ।

चिलिमे जलविद्युत कम्पनी
यस कम्पनीले १० प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश ९करसहित० वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारित गर्न पुस २८ गते नेपाल प्रज्ञाप्रतिष्ठान, काठमाडौंमा बिहान ११ बजेदेखि साधारणसभा बस्नेछ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime