काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिनको कारोबार जारी रहँदा सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सयेर मूल्यमा ३९८ रुपैयाँ ५० पैसाले गिरावट आएको हो । यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो ।
आजको कारोबार जारी हुँदा यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३ हजार ५८७ रुपैयाँ ४० पैसा पुगेको छ । यो अवस्थामा समग्र बजार परिसूचक पनि ८ दशमलव २५ अंकले घटेर २६२२ दशमलव ४६ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ८५ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्