Skip to content
Prabhu

पाँचतारे होटल ‘द म्यासिफ’ जनवरीदेखि सञ्चालनमा आउने, पर्यटन मन्त्री र मेयर चिरीबाबुले उद्घाटन गर्ने

काठमाडौं । जनवरी २०२५ देखि पाँचतारे होटल ‘द म्यासिफ’ सञ्चालनमा आउने भएको छ । गुण ग्रुपले निर्माण गरेको उक्त होटलको उद्घाटान ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गर्ने छन् ।

ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको उक्त होटल जनवरी सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको बताइएको छ । होटल म्यासिफको व्यवस्थापनसम्बन्धी सम्झौता हुने भएको हो । सम्झौता जनवरी १ मा हुने निश्चित भएको छ।

global
अर्घाखाँची सिमेन्ट

युरोपकै दोस्रो ठूलो तथा विश्वबजारमा ११ वटा विभिन्न ब्राण्डसहित फैलिएको लुभ्र होटल्स ग्रुपको लक्जरी पाँचतारे होटल ब्राण्ड रोयल टुलिपका तर्फबाट लुभ्र होटल्स भारतका निर्देशक अजय बकाया र द म्यासिफ होटलका कार्यकारी अध्यक्ष राजेन्द्र शाक्यले सम्झौतामा हस्ताक्षर गर्नेछन् ।

हाउजिङ, सपिङ मल, एयरलाइन्स, मिडिया उद्योग क्षेत्रमा लगानी विस्तार गरिरहेको यो समूहको होटल पहिलो हो । ६ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भइरहेको होटलमा ३०२ कोठा रहेका छन् । होटलमा प्रेसिडेण्टल, सुइट, डिलक्स र स्ट्यान्डर्ड लेभलका कोठा रहनेछन्। हरेक कोठामा नेपालीपनसँगै लक्जरी हुनेछ ।

१६ रोपनी क्षेत्रफलमा फैलिएको होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यकाको चक्रपथ छेउमा अवस्थित छ । सन् २०१८ अगष्टदेखि सुरु भएको होटल निर्माणको काम कोरोना महामारीलगायतका कारण निर्माणमा ढिलाइ भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal