काठमाडौं । आजको कारोबार जरी रहँदा सिन्धु विकास बैंकको सेयर मूल्यमा पनि नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार भन्दा ८४ रुपैयाँ ५० पैसाले घटेर ७६१ रुपैयाँ ५० पैसा पुगेको छ ।
यो अघिल्लो कारोबार भन्दा १० प्रतिशतले कम हो । कुनै पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएमा वा घटेमा सर्किट लागेर कारोबार बन्द हुने गरेको छ । यो समाचार तयार पार्दासम्म समग्र सेयर बजार परिसूचक ६ दशमलव १७ अंकले घटेर २६२४ दशमलव ५४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ४१ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्