काठमाडौं । आइतबार लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा काभ्रेको बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।
‘लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण भएको छ,’ उनले भने ।
हेलिकप्टरमा ५पाँच विदेशी यात्रु र पाइलट थिए । हेलिकप्टर चेकजाँच भइरहेको र अन्य कुनै क्षति नभएको शेर्पाले जनाए ।
प्रतिक्रिया दिनुहोस्