काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज सेयर बजार नेप्से परिसूचक २१ दशलमव १२ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । मानुषि लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी, जानकी फाइनान्स, सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्