काठमाडौं । गत असोजको दोस्रा साता परेको अविरल बर्षाका कारण आएको बाढीबाट भएको क्षतिको निर्जीवन बीमा कम्पनीहरुमा पौने १३ अर्ब रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको पुस ११ गतेसम्मको तथ्यांक अनुसार बीमा कम्पनीहरुमा १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजार रुपैयाँको दाबी परेको हो ।
चार वटा लघु बीमा कम्पनी सहित १८ वटा जिर्नीवन बीमा कम्पनीहरुमा ३ हजार ६७६ वटा दाबीबाट उक्त रकमको दाबी परेको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ । यो कम्पनीमा ५११ वटा दाबी परेको छ । जसको कम्पनीले २ अर्ब ६३ करोड १ लाख रुपैयाँ बढी भुक्तानी गर्नुपर्ने भएको छ ।
हालसम्म बीमा कम्पनीहरुले १ हजार ७२० वटा दाबीको १ अर्ब ५२ करोड १८ लाख रुपैयाँ भुक्तानी गरेका छन् । यो कुल दाबीको जम्मा ११.८१ प्रतिशत मात्रै हो । तथ्यांक अनुसार यो अवधिसम्ममा सबैभन्दा बढी दाबी भुक्तानी गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । शिखरमा ४५८ वटा दाबी परेको छ । ती दाबीको १ अर्ब १४ करोड २३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिन्छ । कम्पनीले हालसम्म ४१५ वटा दाबीको ३१ करोड ३८ लाख ६८ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले आफ्नामा परेको कुल दाबीको २७.४८ प्रतिशत भुक्तानी गरिसकेको छ ।
यसैगरी ओरिएन्टल इन्स्योरेन्सले १८३ वटा दाबीको १ अर्ब ३७ करोड ६१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । यो कम्पनीले हालसम्म कम्पनीले १४७ वटा दाबीको ५ करोड ३ लाख १९ हजार रुपैयाँ भुक्तानी गरेको छ । प्राधिकरणको तथ्यांक अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४२५ वटा दाबीको १ अर्ब ३५ करोड ७८ लाख रुपैयाँ दाबी गर्नु पर्ने देखिन्छ । कम्पनीले हालसम्म १६८ वटा दाबीको २० करोड ४३ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
त्यस्तै नेको इन्स्योरेन्सले ३०६ वटा दाबीको १ अर्ब ८ करोड ६२ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने छ । कम्पनीले हालसम्म १२८ वटा दाबीको १० करोड ३४ लाख ४२ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ । हिमालयन एभरेष्टमा २५३ वटा दाबीको १ अर्ब ८१ लाख रुपैयाँ दाबी परेको छ । कम्पनीले हालसम्म १२९ वटा दाबीको १३ करोड ६२ लाख ८० हजार रुपैयाँ आफ्ना बीमितलाई भुक्तानी गरेको छ ।
पुस ११ गतेसम्मको तथ्यांक अनुसार सानिमा जीआईसीमा २२८ वटा दाबीको ९५ करोड ३६ लाख रुपैयाँ भुक्तानी गर्नु पर्ने छ । कम्पनीले हालसम्म ५७ वटा दाबीको १३ करोड २१ लाख ७७ हजार रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै एनएलजीले २०० वटा दाबीको ७७ करोड ४१ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने देखिन्छ । कम्पनीले हालसम्म एनएलजीले ५९ वटा दाबीको ८ करोड ४ लाख ३५ हजार रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै युनाइटेड अजोडले ३३४ वटा दाबीको ७४ करोड ८० लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । यो कम्पनीले हालसम्म ८७ वटा दाबीको २ करोड ६४ लाख ७१ हजार रुपैयाँ भुक्तानी गरेका छन् ।
पछिल्लो तथ्यांक अनुसार नेसनल इन्स्योरेन्समा ११३ वटा दाबीको ४८ करोड ३६ लाख रुपैयाँ दाबी भुक्तानी परेको छ । यो कम्पनीले १२ वटा दाबीको १ करोड ८५ लाख ९६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । त्यस्तै नेपाल इन्स्योरेन्सले १८७ वटा दाबीको ४१ करोड ३९ लाख रुपैयाँ दाबी भुक्तानी गर्नु पर्ने छ । कम्पनीले हालसम्म ५९ दाबीको २ करोड १३ लाख ९९ हजार रुपैयाँ मात्रै भुक्तानी दिएको छ ।
आईजीआई प्रुडेन्सियलमा २९४ दाबीको ४१ करोड ३४ लाख रुपैयाँ भुक्तानी दिनु पर्ने छ । कम्पनीले हालसम्म १४८ दाबीको ११ करोड ६५ लाख ५३ हजार रुपैयाँ भुक्तानी दिएको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले १३७ वटा दाबीको २८ करोड ७९ लाख रुपैयाँ भुक्तानी गर्नु पर्नेमा हालसम्म ४९ वटा दाबीको १ करोड ३२ लाख ८० हजार रुपैयाँ भुक्तानी गरेको छ । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले २० वटा दाबीको २० करोड ७३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ । तर सरकारी कम्पनी राष्ट्रिय बीमा हालसम्म एउटा दाबीको पनि भुक्तानी गर्न सकेको छैन ।
त्यस्तै निर्जीवन लघु बीमकतर्फ स्टार माइक्रोले १० वटा दाबीको ३६ लाख ६५ हजार रुपैयाँ भुक्तानी गर्नु पर्ने छ । यो कम्पनीले ३ वटा दाबीको २ लाख ५० हजार रुपैयाँ बादी भुक्तानी गरेको छ । त्यस्तै ट्रस्ट माइक्रोमा ४ वटा दाबीको १५ लाख २० हजार रुपैयाँ दाबी परेको छ । यो कम्पनीले हालसम्म २ वटा दाबीको २ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको छ ।
त्यस्तै नेपाल माइक्रोमा ४ वटा दाबीको ६ लाख ५० हजार रुपैयाँ दाबी परेकामा हालसम्म ४ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रोमा ९ वटा दाबीको ५ लाख ४० हजार रुपैयाँ दाबी परेको छ । त्यसमध्ये कम्पनीले हालसम्म ६ वटा दाबीको १ लाख १८ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्