Skip to content

नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारणसभा सम्पन्न

nabil bank

काठमाडौं । नेपाल विज्ञापन संघको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बजारलाई चलायमान बनाउने निष्कर्षसहित शनिबार साधारण सभा सम्पन्न भएको हो । संघले विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराएर दुईवटा विशेष कार्यक्रमसहित वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

कार्यक्रमको दोस्रो सत्रमा विज्ञापनदाता, मिडिया, नियामक निकाय तथा विज्ञापन एजेन्सीहरूलगायत विज्ञापन चक्रका सम्बद्ध सबै पक्षहरूलाई संलग्न गराई स्टेइङ रेलिभेन्टः रिसेपिङ नेपाल्स एडभर्टाइजिङ ल्यान्डस्केप शीर्षकमा बृहत् अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।

विज्ञापन उत्पादक, पत्रकार तथा प्रस्तुकर्ता भुषण दाहालले समन्वयमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाई, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका उपाध्यक्ष रोहित गुप्ता, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार, हिमालय टेलिभिजनका अध्यक्ष धर्म भुषाल तथा नेपाल विज्ञापन संघका अध्यक्ष सुदीप थापाले आआफ्नो क्षेत्रको तर्फबाट धारणा राखेका थिए ।

विज्ञापन व्यवसायी रञ्जित आचार्यले राष्ट्रिय सामाजिक तथा आर्थिक परिप्रेक्षमा विज्ञापन तथा समग्र मिडिया उद्योगको वर्तमान अवस्थाको चित्रण गरेका थिए । अन्तमा विज्ञापन व्यवसायी तथा मिडियाहरू समय सापेक्षरूपमा परिष्कृत हुनुपर्ने, विज्ञापनदाताले पनि विज्ञापनलाई खर्चभन्दा लगानीको रूपमा लिनुपर्ने र विज्ञापनले गर्दा मिडियाहरूलाई आर्थिक आत्मनिर्भर बनाउने आचार्यले बताए ।

मिडियाहरूले पनि विज्ञापनदाता र लक्षित समूहलाई आकर्षक हुने सामग्री प्रस्तुत गर्नुका साथै जनस्वास्थ स्वास्थ ऐन, क्लिन फिड नीतिलगायत विज्ञापनलाई बन्देज गर्ने कानुनहरूलाई समेत पुनःविचार गर्न सम्बद्ध सबै पक्षहरूले आ–आफ्नो क्षेत्रबाट आवश्यक पहल गर्ने निष्कर्ष र प्रतिबद्धतासहित सो कार्यक्रम समापन भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime