काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले आज सामाजिक सञ्जाल एक्समार्फत कर्टरको निधनप्रति दुःख व्यक्त गर्दै शान्ति, मानव अधिकार र परोपकारमा कार्टरको योगदान विश्वका लागि प्रेरणा बनेको बताएका हुन् ।
राष्ट्रपति पौडेलले उनको परिवार र अमेरिकी जनताप्रति समवेदना समेत प्रकट गरेका छन् । अमेरिकाका ३९औँ राष्ट्रपति कार्टरको १०० वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घर होस्पिस केयरमा निधन भएको थियो ।






प्रतिक्रिया दिनुहोस्