काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको प्रबन्ध सञ्चालकमा प्रविन पन्दाक नियुक्त भएकी छिन् । सिडिएस एण्ड क्लियरिङ्गको पुस १४ गते बसेको सञ्चालक समितिको बैठकले पन्दाकलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्गमा उनी यस अघि सञ्चालकको भूमिकामा रहेकी थिइन् । योसँगै उनले कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी निर्वाह गर्ने भएकी छिन् ।
प्रतिक्रिया दिनुहोस्