Skip to content
Prabhu

हुलास इन्फ्राले आईपीओ निष्कासन गर्ने

nabil

काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव सहित यही पुस २१ गते साधारणसभा बोलाएको हो ।

कम्पनीको साधारणसभा काठमाडौंको कमलादीस्थित गणेशस्थान हामा आईरन बिल्डिङमा बिहान ११ बजेदेखि शुरू हुनेछ । सभाले सेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोका लागि छुट्याइएको सेयर मध्येबाट कानून बमोजिम तोकिएको प्रतिशतमा सम्बन्धित क्षेत्र तथा समूहलाई निष्काशन तथा बिक्री गर्ने र सोबाट प्राप्त रकमको उपयोग सम्बन्धी प्रस्ताव छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी आईपीओ निष्कासनका लागि आवश्यक अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ । यसका साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, नयाँ कम्पनी सचिव र संञ्चालक समितिको नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal