Skip to content

कुमारी बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको ५० हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको ५० हजार १९ कित्ता सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीले किन्न सक्ने गरी बिक्रीमा राखेको हो ।

उक्त सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ । सेयर किन्न इच्छुक संस्थापक लगानीकर्ताले आवश्यक कागजात सहित ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय टंगालमा आवेदन दिनु पर्नेछ ।

Hyundai

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट पर्याप्त आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्रीका लागि प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्