Skip to content
Prabhu

साई स्वागत सहकारी ठगीका भरत जंगम पैसा तिरेर छुटे

nabil

काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका भरतमणि जंगम र लुमन दाहाल शुक्रबार रिहा भएका हुन् ।

सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध परेको १ करोड ६ लाखको उजुरीमा ‘गुड फर पेमेन्ट’ चेक दिएर उनीहरू रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौं स्रोतले बतायो ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको रोहबरमा उनीहरूलाई गत शुक्रबार रिहा गरिएको हो । जंगम साई स्वाग सहकारीका अध्यक्ष हुन् भने दाहाल तत्कालीन कोषाध्यक्ष हुन् ।

साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा उनलाई ७ पुसमा पक्राउ गरिएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal