Skip to content

नेप्से परिसूचक ३३ अंकले घट्यो, कारोबार ५ अर्ब ६७ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३.८ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.२६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६.५० बिन्दुमा कायम भएको हो ।

तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

वित्त कम्पनीको शेयर मूल्यमा आज उच्च अंकको गिरावट आएको छ । वित्त समूह ५.१९ प्रतिशतले घटेको हो । त्यस्तै विकास बैंक समूह दुई दशमलव ७७ प्रतिशत र व्यापार समूह पनि घटेको छ । बैंकिङ शून्य दशमलव ९२, होटल तथा पर्यटन १.३८, हाइड्रोपावर एक दशमलव ७३, लगानी ०.०८, जीवन बीमा शून्य दशमलव ६५, उत्पादन तथा प्रशोधन एक दशमलव ५१, लघुवित्त १.४१, म्युचुअल फन्ड शून्य दशमलव ३८ र निर्जीवन बिमा ०.९५ प्रतिशतले घटेको छ । अन्य समूहको उपसूचक भने आज ०.०६ प्रतिशतले बढेको छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, जानकी फाइनान्स कम्पनी लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै बढ्नेमा भने नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४. ०१ प्रतिशतले बढेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै प्रभु बैंक लिमिटेडको रू ३५ करोड ९४ लाख ९२ हजार ३४ बराबरको १५ लाख आठ हजार पाँच सय ५७ कित्ता सेयर किनबेच भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्