Skip to content
Prabhu

२५ हजारमा यती एयरलाइन्सले १० वटा टिकट दिँदै, ‘यती ट्राभल कार्ड’ लागू

काठमाडौं । यती एयरलाइन्सले ‘यती ट्राभल कार्ड’ प्रयोगमा ल्याएको छ । एयरलाइन्सले बारम्बार यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै उक्त कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

एयरलाइन्सका अनुसार ग्राहकले एक पटकमा २५ हजार रुपैयाँ भुक्तानी गरेर कार्ड खरिद गर्न सक्ने छन् । यस कार्डमा ग्राहकले १० वटा टिकट पाउने एयरलाइन्सले जनाएको छ।

global
अर्घाखाँची सिमेन्ट

 

उक्त टिकट ग्राहकले ४ महिनाभित्र प्रयोग गरिसक्नुपर्ने छ । यती एयरलाइन्सले सेवा दिने देशभित्रका जुनसुकै रुटमा उक्त टिकट प्रयोग गर्न पाइने एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार उक्त टिकट अरू व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन । यो अफर जनवरी २०२५ सम्म मात्रै लागू हुने एयरलाइन्सले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal