Skip to content

प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से

nabil bank

काठमाडौं । बुधबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ९३ अंकले बढेको हो ।

आजको प्रि ओपन सेसनको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५७७ दशमलव ४३ विन्दुमा पुगेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३१ अंकले बढेर ४४५ दशमलव ०३ विन्दुमा पुगेको छ ।

आजको प्रि ओपन सेसनमा १० कम्पनीको सेयर मूल्य बढेको छ भने १५ वटाको घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । बुधबारको प्रि ओपन सेसनमा २९ कम्पनीका ४ हजार १३६ कित्ता सेयर ५५ पटक खरिद बिक्री हुँदा २७ लाख ६ हजार २१० रुपैयाँ बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime