Skip to content

ग्लोबल आइएमई सबै प्यारामिटरमा देशकै ठूलो बैंक बन्नेछ : अध्यक्ष ढकाल

nabil bank

काठमाडौं । ग्लोबल आइएमर्ई बैंक १९ वर्षमा प्रवेश गरेको छ । आजदेखि बैंक आफ्नो १८ औँ वर्ष पूरा गरी १९ औँ वर्षमा प्रवेश गरेको हो ।

१८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैले मेहनत गरे केही समयभित्रै सबै प्यारामिटरमा ग्लोबल आइएमई बैंक देशकै अब्बल बैंक बन्ने दाबी गरे । कर्मचारीहरूले आफ्नोपनसहित काम गरेको खण्डमा धेरै फायदा लिन सकिने अध्यक्ष ढकालको भनाइ छ ।

नेपालमा रहेका कुनै पनि बैंकको डिपोजिट बराबरको रकम ग्लोबल आइएमई बैंकको सेभिङ डिपोजिट रहनु गौरवको विषय भएको बताए । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक र बैंकअन्तर्गतका रेमिट्यान्स कम्पनीमार्फत करिब ५० प्रतिशत रेमिट्यान्स भित्र्याउनु पनि बैंकका लागि खुसीको कुरा भएको बताए ।

अध्यक्ष ढकालले भने, ‘कुनै बैंकको टोटल डिपोजिट बराबरको हाम्रो सेभिङ डिपोजिट छ । जुन चिज हाम्रो लागि धेरै गौरवको कुरा हो । हामी र हामी अन्तर्गतका रेमिट्यान्स कम्पनी र बैंकको हिसाबले करिब/करिब ५० प्रतिशत जति रेमिट्यान्स हाम्रो च्यानलमार्फत भित्र्याएका छौं ।

त्यो पनि आफैँमा धेरै ठुलो एचिभमेण्ट हो । अझै हाम्रो जुन हिसाबले डिपोजिट मोभिलाइजेशन भएको छ, डिपोजिट सोलिसिट गरेको छ, जुन हाम्रो क्यापासिटी छ, जुन हाम्रो रेफरेन्सर, जुन हाम्रो ब्रान्डिङ छ ।’

‘यो हिसाबले अझै हामीले धेरै चिजहरू गर्न सक्ने ठाउँ छ । हाम्रो स्ट्रेन्थलाई अझै हामीले क्यापिटलाइज गर्न सकेका छौँ जस्तो लाग्दैन । सम्पूर्ण बोर्ड, म्यानेजमेण्ट र सम्पूर्ण कर्मचारी साथीहरुलाई म के भन्न चाहन्छु भने यो एउटा सानो कमर्सियल बैंकको सबैभन्दा सानो पोस्टमा काम सुरु गरेको व्यक्तिले १८/२० वर्षको बीचमा नेपालको सबैभन्दा ठूलो बैंक, सबैभन्दा ठूलो नेटवर्क, सबैभन्दा ठूलो ब्यालेन्ससाइड भएको सानो इनिसिएसन लिएर इमानदार हिसाबले काम गर्न लाग्यो भने, अघि बढ्यो भने त्यो सम्भव हुने रहेछ भन्ने कुरा आज प्रमाणित भएको छ ।

हामीसँग ४ हजार जति कर्मचारी साथी हुनुहुन्छ, सेयर होल्डर त धेरै नै छौँ,’ उनले थपे, ‘मेहनत अझै हामीले बढायौँ भने साइजको हिसाबले त सबैभन्दा ठूलो भएका छौँ, हामी अझै हरेक प्यारामिटरमा नेपालको सबैभन्दा ठूलो बैंक र सबै प्यारामिटरमा अब्बल छौँ भन्ने कुरा प्रमाणित गर्नको लागि, नतिजा दिन धेरै समय लाग्छ भन्ने मलाई लाग्दैन । हरेक इन्डिभिजुअलमा यो मेरो बैंक, राम्रोसँग काम गरेको खण्डमा मेरो पनि भविष्य छ भन्ने गरी काम गरे यसबाट बेनिफिट धेरै लिन सकिन्छ ।’

१८औं वार्षिकोत्सवको अवसरमा बैंकले बैंकका कार्ड बाहक ग्राहकहरूलाई दराजबाट सामान किन्दा १८ प्रतिशतसम्म छुट पाउने योजना ल्याएको छ । छुट पुस २४ गते बुधबारसम्म रहनेछ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime