Skip to content

राधी विद्युतको साधारणसभा आज

nabil bank

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारणसभा (आज) पुस १८ गते बस्दैछ । सभा ललितपुरस्थित दरबार रेष्ट्रो होटेल एण्ड पार्टी भेन्युमा बिहान १० बजेदेखि शुरू भएको छ ।

सभामा हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव पारितका लागि पेश गरिनेछ । साथै गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने, चालू आवका लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालक अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ४ गते बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा पुस ३ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime