काठमाडौं । आज विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी, हिमालयन डिष्टिलरी र बोटलर्स नेपाल (तराई) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
यी कम्पनीहरुले आजसम्म कायम कायम रहेका सेयरधनीहरुलाई मात्रै लाभांश दिनेछन् ।
सूर्याेदय वोमी लघुवित्त
यस कम्पनीले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र ०.९६२३५०५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको घोषणा गरेको छ । लघुवित्तले घोषित लाभांश पारितका लागि यही पुस २८ गते आइतबार महालक्ष्मी नगरपालिका वडा नं.–८, लुभु, ललितपुरस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्ग सेण्टरको सभाहलमा बिहान ११ बजेदेखि साधारणसभा बोलाएको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त
यस कम्पनीले चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि आउदो माघ ४ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, बिदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे १० बजेदेखि सभा बस्नेछ ।
श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स
यस कम्पनीले चुक्ता पुँजीको १.८६५९ प्रतिशत बोनस सेयर र ०.०९८२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ। यो निर्णय पारितका लागि यही पुस २९ गते सोमबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, डिल्लीबजार, काठमाडौंमा बिहान १० बजेदेखि साधारणसभा बस्नेछ ।
हिमालयन डिष्टिलरी
यस कम्पनीले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्दैछ । यो प्रस्ताव पारितका लागि यही पुस २८ गते आइतबार कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालय, विरगन्ज महानगरपालिका वडा नं.–२१, पर्सामा बिहान १० बजेदेखि साधारणसभा बस्दैछ ।
बोटलर्स नेपाल (तराई)
यस कम्पनीले आफ्ना सेयरधनीलाई प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि यही पुस २६ गते शुक्रबार होटल र्याडिसन, लाजिम्पाट, काठमाडौंमा मध्यान्ह १२ बजेदेखि साधारणसभा बस्दैछ ।
प्रतिक्रिया दिनुहोस्