काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी कन्हैयालाल चौधरीको नाममा रहेको ३ हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ तोकिएको छ भने खरिदका लागि आवेदन दिँदा घटीमा १०० कित्ता सेयर खरिद गर्नु पर्नेछ ।
इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाई शिलबन्दी निवेदन दिनु पर्नेछ । निवेदन संस्थाको केन्द्रीय कार्यालय कोहलपुर नगरपालिका–११, बाँकेमा बुझाउनु पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्