Skip to content
Prabhu

आईपीओकै मूल्यमा गोरक्ष हाइड्रोपावरको साढे २२ लाख कित्ता सेयर बिक्रीमा

nabil

काठमाडौं । गोरक्ष हाइड्रोपावर लिमिटेडले जगेडामा रहेको साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले जगेडामा रहेको सेयर मध्येबाट २२ लाख ५३ हजार ३७९ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

उक्त सेयर कम्पनीले हाल कायम रहेका सेयरधनीहरूलाई प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री गर्ने जनाएको छ । सो सेयर खरिद गर्न इच्छुक सेयरधनीले १५ दिनभित्र सेयर खरिद फर्म, नागरिकता र बैंकमा रकम जम्मा गरेको भौचर सहित निवेदन दिनु पर्नेछ ।

साथै तोकिएको समय भित्र हाल कायम सेयरधनीबाट आंशिक वा पूर्ण रूपमा सेयर खरिदका लागि आवेदन प्राप्त नभएमा सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal