काठमाडौं । आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन १ हजार ४०० रुपैयाँले बढेको सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको छ भने अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको दिन भने सुन तोलामा १ लाख ५१ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । अघिल्लो दिन स्थिर रहेको चाँदी आज तोलामा १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्